सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन २८ । बंगलादेशको राजधानी ढाकाबाट यात्रुसहित आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज त्रिभुवन विमानस्थलको अवतरणका क्रममा फुटबल मैदानमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । जाहाज पुर्णरुपमा जलेको छ ।
दिउँसो सवा २ बजे अवतरणका क्रममा धावनमार्ग भन्दा केही बाहिर पुगेर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको हो ।
बंगलादेशको ढाकाबाट करिब ६७ यात्रु तथा ४ जना चालक दलका सदस्य सहित बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो।
आगलागीमा परेर घाइते भएका १४ जना यात्रुलाई उद्दार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र केहीलाई हेलिकप्टरमार्फत भैँसेपाटीमा रहेको मेडीसि६ी अस्पतालमा लगिएको छ ।
दुर्घटनामा के कतीको मुत्यु भएको यकीन हुन सकेको छैन तर दजनौको मुत्यु भएको आशंका गरीएको छ ।
दुर्घटनाको वस्तु अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन्।
अहिले घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको छ ।
विमानमा लागेको आगो करिब नियन्त्रण भइसके पनि विमान जोगाउन भने सकिएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा