सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २८ । नेपालले हङकङविरुद्धे चौथो सफलता पाएको छ। खेलको १५ औं ओभरमा सन्दीप लामिछाने व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। सन्दीपको बलमा हङकङका ब्याट्यम्यान साहिद वसिफ एलबिडब्ल्यू भएका हुन्। १४.३ ओभरमा ४ विकेट गुमाएर हङकङ अहिले ५८ रन बनाएर खेलिरहेको छ।
यसअघि हङकङका अंशुमन रथलाई सन्दीपको बलमा विकेट किपर अनिल साहले स्ट्याम्प आउट गरेका हुन् । सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका उनलाई सोमपाले आउट गरेका हुन्।
यसअघि बसन्त रेग्मिले हङकङको पहिलो विकेट लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा