सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २८ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल आज हङकङसँग खेल्दैछ ।
समूह ‘बी’ मा रहेको नेपाल लगातार तीन खेल हारेर सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ ।
तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।
एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ ।
आजको खेलमा नेपालले जिते अफगानिस्तान सुपर ६ पुग्नेछ तर नेपाल हारेमा हङकङ सुपर ६ पुग्नेछ र हङकङले नै सोह्रौं तथा अन्तिम टिमको रुपमा वन डे मान्यता पाउँदै नेपालको वन डे मान्यता पाउने बाटो बन्द गरिदिनेछ ।
यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तिमा एक टोली सुपर सिक्समा पुग्नुहुँदैन ।
जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनौटमा नेपाल पहिलो जितको खोजीमा छ ।
सुरुवाती तीन खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफ्गानिस्तानसँग हारेको नेपाल आज पहिलो जितको खोजीमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा