सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तपाईं हामीले गाउँघरमा देखेका बोकाको मूल्य बढीमा कति होला ? धेरैमा ५० देखि ६० हजारसम्म । तर यहाँ तस्बिरमा देखिएको बोकाको मूल्य ३ लाख ५० हजार रुपैयाँ हो ।
उक्त बोकाको अवलोकन गर्न पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतसमेत पुगेका छन् । बोयर जातको यो बोकालाई नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिएको छ ।
उक्त बोका बेलकोटका किसान अमृत तिवारीले २ वर्षअघि ३ लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा