सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन २५ । नेपाली चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत ‘सान्नानीलाई भेट्न आउँदा ” सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरीएको हो ।
गितमा उत्कृष्ट कोरियोग्राफी तारीफ योग्य देखाइएको छ जसमा अभिनेताहरू विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटीले लोकलय नुत्य प्रसतुत गरेका छन् । गितमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले स्वर दिएका छन् । गितमा एभरेष्ट सुर्य बोहरा र बसन्त सापकोटाको शब्द रहेको गीतमा बसन्तले सङ्गीत भरेका छन् ।
गितमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । पुरुषोत्तम प्रधानले गीतलाई खिचेका हुन्। निर्देशक बोहराको कथा रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।
करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा हुन् । फिल्ममा सूर्य थोक्करले द्धन्द निर्देशन गरेका छन् भने बनिष शाहले फिल्मको सम्पादन पक्ष हेरेका छन् ।
फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यो फिल्म २०७५ को जेठ १८ गते अल नेपाल प्रदर्शन गर्ने तयारी निर्माण पक्षले गरेको छ ।
भिडियो हेनुहोस्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा