सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन २४ । एनआईसी एशिया बैकले ‘धनवर्षा मुद्धती खाता’ बजारमा ल्याएको छ । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको हो ।
उक्त मुद्धती खाताबाट ग्राहकहरुले १ बर्ष अवधिमा वार्षिक १२ प्रतिशत का दरले मासिक रुपमा व्याज पाउनेछन् ।
बैकको मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशत सम्म कर्जा लिन सकिने जानकारी बैकका सुचना अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिनुभयो ।
यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।
मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित बैकिङ कारोबार गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा