सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपर्मा निर्जिबन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैकले दाबी गरेको छ ।
देशको १४ वटै अञ्चलमा फैलिएको यस बैंकले काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा