सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एनआईसी एशिया बैंकले थप नयाँ शाखा विस्तार गरेको छ । बैकले बुधबार एक कार्यक्रमका विच मकवानपुरको मनहरि गाउँपालीका ०७, मनहरिमा उक्त शाखा सञ्चालनमा ल्याएको हो । शाखाको समुदघाटन गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले गनुभएको हो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा