सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन २३ । बलीउड अभिनेत इरफान खानलाई ब्रेन टयुमर भएको पुष्टि भएको छ । उनलाई उपचारको लागी कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । पछिल्लो रिपोर्ट अनुसार, इरफान खानलाई जन्डिस भएको थियो र उक्त जन्डिसको जाँच रिपोर्टबाट नै इरफान खानलाई ब्रेन ट्युमर जस्तो खतरनाक रोग लागेको खुलास भएको हो ।
उनले सोमबार आफनो ट्वीटर एकाउन्टमा पोष्ट गर्दे भनेका थिए कि उनी कुनै गम्भिर रोगसँग लडिरहेको छन् । तर उनले कुन रोग हो भने खुलाएका थिएनन् । तर अहिले अस्पताल भर्ना भए पश्चात उनी ब्रेन ट्युमर जस्तो घातक रोगको सिकार भएको खुलेको हो ।
इरफान खान ब्रेन ट्युमरको चौथो स्टेजमा छन् जसका कारण उनको ज्यान पनि जान सक्दछ । तर पछिल्लो खबर अनुसार उनको रोगको अप्रेसन पनि गर्न सकिने छ भने उनको उपचार सफल पनि हुन सक्छ भने विफल हुदा ज्यान पनि जान सक्दछ ।
इरफना खान आफैले सोमबार ट्वीट गर्दे लेखेका थिए कि “पछिल्लो १५ दिनदेखी मेरो जिन्दगी खतरामा चलिरहेको छ ” । अगाडी लेखेका छन् कि “मलाई के भईरहेको छ यो बारेमा मलाई पनि केही थाहा छैन, मेरो रिसर्च अनुसार मलाई कुनै गंम्भिर रोग लागेको छ , मैले हार मानेको छैन , मेरो परिवार र साथिभाईहरु मेरो साथमा छन्, कोही कसैले यसको बारेमा चिन्ता नलिनुहोला, १० दिन पछि जब उपचार पुरा भई रिपोर्ट अगाडी आउनेछ म आफै यसको बारेमा बताउनेछु ” ।
इरफान खानको फिल्म ब्लैकमेल चाडै नै रिलिज हुदैछ । फिल्मको ट्रेलर रिलिज हुनुभन्दा एक दिन अगाडी नै इरफान खानलाई जन्डिस भएको खबर बाहिर आएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा