सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १३ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्ड पूरा नगरेका चार अस्पताललाई आवश्यक कारबाही गर्न स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छन्। मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी सञ्चालनमा रहेका अस्पताल तथा उद्योगलाई कारबाही गर्ने निर्णय गरेका हुन्।
कारबाहीको उक्त सूचीमा विभिन्न उद्योगसहित राजधानीभित्रैका चार अस्पताल रहेका छन्। वातावरणीय प्रभाव मूल्यांकन मिचेर सञ्चालनमा रहेका अस्पतालमा नेपाल नेसनल अस्पताल कलंकी, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्ज, काठमाडौं मोडल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वर रहेका छन्।
मन्त्री पण्डितको निर्देशनमा ती अस्पताललाई तत्काल मापदण्डमा ल्याउनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार भइसकेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा