सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ, फागुन १३ । लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो ।
फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम बराबरको आम्दानी भएको विद्यालयले जनाएको छ । महायज्ञबाट नगद मात्रै दुई करोड ३९ लाख रुपैया संकलन भएको छ । विद्यालयको नाममा २३ रोपनी जग्गा प्राप्त भएको छ । प्राप्त १३ रोपनी नौ आना क्षेत्रफलको जग्गाको मूल्यांकन हुन बाँकी छ ।
निकट भविष्यमै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा