सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १२ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गदै शनिबार माइतीघरमा प्रदर्शन गरिएको छ ।
सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घन्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो ।
‘माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ, न्याय भयो चिटिङ’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा डा. गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारको चंगुलमा परेको आरोप लगाउँदै प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलन गरिएको बताए ।
उनले प्रधानन्यायाधीश पराजुलीलाई समयसीमाभन्दा पहिले नै पद छाड्न बाध्यपार्ने उल्लेख गरे ।
कार्यक्रममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले प्रधानन्यायाधीश पराजुलीविरुद्धमात्र नभएर सिंगो भ्रष्टाचारविरुद्ध आन्दोलन गरिएको बताइन् ।
कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष गिरीलगायतले सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा