सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन २ । ग्लोबल आइएमई बैंकले तनहूँको भानु नगरपालिका १० कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङ्गको मध्यनेपाल नगरपालिका ३ सोतीपसलमा ७२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
तनहूँको कालीमाटी शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदय राज गौलीले गर्नुभयो भने स्थानिय उपेन्द्र बाबु तिवारीलाई सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।
साथै लम्जुङ्गको सोतीपसल सेवाको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले गरे भने स्थानिय उपेन्द्र बाबु तिवारीलाई सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हाल ११५ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७२ शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ ।
बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा