सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, फागुन ११ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक ४५ हजारभन्दा बढी आम्दानी गर्न थालेका छन्। मुसिकोट नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका हुन्।
विसं २०७० देखि भैँसीपालन व्यवसाय सुरु गरेका उनले चार वर्षको अवधिमा ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताए। सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले उनले भैँसीपालन सुरु गरेका थिए।
अहिले गौतमले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्दै आएका छन्। भैँसीपालन शुरु गरेपछि पर्याप्त आम्दानी लिन सकिएको उनको भनाइ छ। हाल उनीसँग ६ वटा भैँसी र एउटा गाई रहेकामा चारवटा भैँसी र एउटा गाई दुहुना छन्।
उनले अहिले बजारमा प्रतिलिटर ५० मा दूध बिक्री गर्ने गरेको गरेको बताए। चार वर्षअघिसम्म आफैँ रोजगारी खोज्दै हिँड्ने गौतमले अहिले अन्य दुई जनालाई रोजगारी दिएका छन्। ‘पहिले म जागिरकै लागि धेरै भौँतारिएँ, अहिले भैँसीपालनबाट मनग्य आम्दानी भइरहेको’,उनले भने। उनले दूधसँगै कम्पोस्ट मल बिक्री गरेर आम्दानी गरिरहेका छन्। गौतम सदरमुकामको पहिलो व्यावसायिक भैँसीपालक तथा दूध उत्पादक हुन्।
खलंगा बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ। बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैँसी तथा गाईपालनबाट पूर्ति हुन सम्भव छैन। यही अवसरलाई सदुपयोगको मौका लिएका गौतम आफूलाई युवा उद्यमीका रूपमा स्थापित गर्न सफल भएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा