सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
सिन्धुली, फागुन ११। नेपाली कांग्रेस सिन्धुली र नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देउवा सबैको सभापति बन्न नसकेको बताए । देउवा गुटको मात्रै सभापति भएको उनको भनाई छ । उनले प्रश्न गरे, ‘तरुण दल, महिला संघ, नेविसंघ कहाँ छ कहाँ ?’ नेता सिंहले भने, ‘उहाँले जिम्मेवारीअनुसार काम गर्न सक्नु भएन ।
दुई वर्षसम्म कांग्रेसलाई गतिशील बनाउन नसक्दा निर्वाचनमा हार्नुपरेको छ । जिल्लाहरूमा प्रशिक्षणको माग छ । त्यति सानो काम पनि सभापतिले गराउन सक्नु भएन ।’ आफूले कांग्रेसलाई सुधार्न दबाव दिइरहेको भन्दै उनले कांग्रेस अझै पनि नसुध्रिए सबैको भविष्य संकटमा पर्ने खतरा औंल्याए । ‘कांग्रेस राम्रो भयो भने सबैको भविष्य राम्रो हुन्छ ।
पार्टीको भविष्य भएन भने हाम्रो पनि भविष्य रहँदैन’, कांग्रेस पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसलाई जोगाउन लाग्नुपर्छ ।’ शेर बहादुर देउवाजको कारणले कांग्रेसको भविष्य संकटमा रहेको समेत आरोप लागाएका छन्, ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा