सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ११। तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
खानेपानी तथा ढल निकास विभागले तराईका २२ जिल्लालाई लक्षित गरेर उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो । विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जानकारी दिनुभयो ।
“तराईका जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि विस्तृत अध्ययन गरेर तथ्यांक निकाल्ने काम गरिरहेका छौँ,”– उहाँले भन्नुभयो ।
यस्तै, विभागले कुनैकुनै स्थानमा बोलपत्र आह्वान गरी बोरिङ खन्ने काम र वरपर पर्खाल लगाउने काम भइरहेको केसीले बताउनुभयो । सरकारले तराई मधेश खानेपानीका लागि रु एक अर्ब ४९ करोड ६९ लाख रकम विनियोजन गरेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा