सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ११ । लगानीयोग्य पुँजी अभावका कारण वाणिज्य बैंकहरूलाई ‘कर्जा–पुँजी–निक्षेप’ अनुपात (सीसीडी रेसियो) कायम गर्न अप्ठ्यारो भएको छ। नेपाल राष्ट्र बैंकको फागुन ८ गतेसम्मको तथ्यांकअनुसार १४ वटा वाणिज्य बैंकको सीसीडी रेसियो ७८ प्रतिशतभन्दा माथि पुगेको छ। ७८ प्रतिशतभन्दा माथि सीसीडी रेसियो पुर्याउने बैंकमा हिमालयन, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू, एनसीसी, एनआईसी एसिया, माछापुच्छे, कुमारी, ग्लोबल आईएमई, सन्राइज, एनएमबी, जनता, मेगा, सेन्चुरी र सानिमा छन्। हाल नेपालमा २८ वटा वाणिज्य बैंक छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
अन्य बैंकको अवस्था नाजुक छ। राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन्। फागुन ९ गतेसम्म वाणिज्य बैंकहरूको औसतमा ७२ प्रतिशत सीसीडी रेसियो रहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। बैंकहरूले गरेको कर्जा प्रवाहमा पुनर्कर्जा बापत गरिएको कर्जा लगानी र अन्तरबैंक निक्षेप घटाएपछि सीसीडी रेसियो निकाल्ने गरिन्छ। पछिल्लो समय राष्ट्र बैंकबाट साढे १२ अर्ब पुनर्कर्जा प्रवाह भएको पौडेलले बताए। पुस मसान्तसम्म बैंकहरूको ‘कोर पुँजी’ तीन खर्ब ११ अर्ब थियो।
हाल बैंकहरूमा साढे १२ अर्बमात्र अधिक तरलता छ। यो रकममध्ये एक अर्ब ३० करोड राष्ट्रिय वाणिज्य बैंकमा छ।
हाल बैंकहरूमा साढे १२ अर्बमात्र अधिक तरलता छ। यो रकममध्ये एक अर्ब ३० करोड राष्ट्रिय वाणिज्य बैंकमा छ। चालु आवको फागुन पहिलो सातासम्म बैंकहरूले २२ खर्ब, साढे ११ अर्ब निक्षेप संकलन गरेका छन्। निक्षेपमध्ये २१ खर्ब ३३ अर्ब स्वदेशी निक्षेप हो भने साढे ७८ अर्ब विदेशी निक्षेप भएको राष्ट्र बैंकले जानकारी दिएको छ। बैंकहरूले यस अवधिमा १९ खर्ब ५३ अर्ब निक्षेप संकलन गरेका छन्।
यो निक्षेपमध्ये १९ खर्ब १७ अर्ब स्वदेशी र ३६ अर्ब विदेशी निक्षेप भएको राष्ट्र बैंकको तथ्यांक छ। वर्षैपिच्छे नाफा बढाउँदै जानुपर्ने ‘मध्यपान रुपी ह््याङ’ का कारण वित्तीय बजार तरलता अभावको शिकार बनेको सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन्। कल डिपोजिटबाट निक्षेप संकलन गरेरै भए पनि छोटो अवधिमा बढी प्रतिफल दिने क्षेत्रमा बैंकले कर्जा प्रवाह गरेका छन्।
छोटो अवधिको निक्षेप र लामो अवधिको कर्जा प्रवाहका कारण बैंकिङ क्षेत्र संकटमा पर्ने गरेको हो। छोटो अवधिको निक्षेपले दीर्घकालीन समस्या समाधान नगर्ने र यसले वित्तीय बजारलाई अझ बढी धराशायी बनाउँछ। क्रेडिट क्रन्चको अवस्थालाई ख्याल गर्दै राष्ट्र बैंकले जलविद्युत्, कृषिजस्ता राज्यका प्राथमिक प्राप्त (उत्पादनमूलक) क्षेत्रको कर्जालाई सीसीडी रेसियोबाट बाहिर निकाल्नुपर्ने देखिएको छ। लगानीयोग्य पुँजी र सीसीडी नाघ्ने डरमा अतालिएका बैंकलाई राहत दिन राष्ट्र बैंकले मौद्रिक उपकरणको रूपमा उत्पादनमूलक क्षेत्रको कर्जालाई सीसीडीमा गणना नगर्न सक्छ।
१० करोडभन्दा माथिका कर्जा प्रवाह गर्दा अनिवार्य कर्जाको क्रेडिट रेटिङ गरेरमात्र लगानी गर्र्न उपयुक्त हुन्छ। तरलता अभावलाई सम्बोधन गर्न ठूला परियोजनाको कर्जा बिक्री गर्नु पनि अर्को उपाय हुने उनले बताए। कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषजस्ता संस्थानको लगानीबाट बन्दै गरेका तथा बनेका ठूला आयोजनको कर्जा आईएमएफ, विश्व बैंक, एसियाली विकास बैंकजस्ता विदेशी वित्तीय संस्थालाई बिक्री गरेर ‘रिफाइनान्स फन्ट’ स्थापना गर्नुपर्ने देखिन्छ।
यसका साथै अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहयोगमा ‘इमर्जेन्सी लिक्वीडिटी फन्ड’ स्थापना गर्न सकिन्छ। अन्तरबैंक ब्याजदर पाँच प्रतिशतभन्दा तल (४.७ प्रतिशत) भएकाले पनि बैंकहरू सहज अवस्था रहेको पुष्टि गरेको राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक नरबहादुर थापाले बताए। अन्तरबैंक ब्याजदर पाँच प्रतिशतबाट नबढेकाले बजार सहज अवस्थामा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाइ छ। अन्य समयमा ७०÷८० अर्ब अधिक तरलता रहँदै आएको बैंकहरूमा अहिले भएको तरलता न्यून हो। ‘यस कारणले पनि बैंकहरूले तरलता अभाव भएको बताएका हुन्’, थापाले भने। बैंकहरू अहिले न दुःख न सुखको अवस्था नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए। ‘जिनोतिनो बैंकहरू चलिरहेका छन्,’ उनले भने, ‘सिटिजन्स् इन्टरनेसन बैंकले भने अहिलेसम्म कुनै कर्जा रोक्नु परेको छैन। बैंकको सीसीडी रेसिया ७८ प्रतिशत भएको उनले जानकारी दिए।
कुन खातामा कति निक्षेप ? चालु ९.४७ प्रतिशत
बचत ३४.९९ प्रतिशत
मुद्दती ४१.८६ प्रतिशत
कल डिपोजिट १३.६८ प्रतिशत
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा