सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
काठमाडौँ, फागुन ११ । नेकपा एमालेसँगको एकतालार्इ लिएर विरोधमा उत्रिएका तीन नेतालार्इ नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्काशित गरेको छ। खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल आहुती र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको जानकारी नेता अग्नि सापकोटाले दिए।
त्यसैगरी बैठकले सरकारमा जान नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ। अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई यसको जिम्मा दिने निर्णय गरेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा