सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १०। फिल्म ‘शत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतले युट्युवमा १ करोड बढी भ्यु पाएको छ । उक्त गित युट्युवमा डिसेम्बर २९ मा सार्बजनिक भएको थियो ।
गीतले युट्युबमा ५१ हजार लाइक पाएको छ भने ५ हजार डिसलाइक पनि पाएको छ। दर्शकहरुले भिडियोमा ४ हजार ६०० बढी प्रतिक्रिया दिएका छन्।
लोक लयमामा आधारित ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् ।
गीतको भिडियोमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई देख्न पाइन्छ ।
मह संचारको ब्यानरमा निर्माण गरिएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ। फिल्मलाई चैत्र ९ गते प्रदर्शनमा ल्याइदैछ । फिल्मलाई किरण केसीले निर्माणमा गरेका हुन् ।
भिडियो हेनुहोस्
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा