सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १० । निर्वाचन आयोगले नयाँ राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते गर्ने तयारी गरेको छ । आज आयोगमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम प्रकाशित गरेको हो ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते हुनेछ । निर्वाचन फागुन २९ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदानको समय तोकिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन मिति तय गरेको हो ।
आयोगकातर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकासहितको प्रस्तावलाई दलहरूले समर्थन गरेका थिए ।
राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमन्डल रहने र संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा