सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन १० । सर्वोच्च अदालतले सवारी साधानमा इम्बोष्ड नम्बर प्लेट जडान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यातायात व्यवस्था विभागलाई तत्कालका लागि
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले बिहीवार इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
वातावरणविद् भरत बस्नेतले इम्बोष्ट नम्बर प्लेटमा नेपाल लिपि प्रयोग नगरिएको र यसमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा ब्यवस्थाको जासूसी गर्न सकिने भन्दै फागुन ६ गते हालेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले उक्त आदेश दिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा