सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन १०। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रले गठन गरेका दुईवटा कार्यदलको संयुक्त बैठक सुरु भएको छ।
फागुन ७ गते एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल गठन गरेका थिए। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न ९ सदस्यीय समिति गठन भएको थियो। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।
त्यस्तै, अन्तरिम विधान र संगठनात्मक ढाँचा तयार पार्न सात सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलमा रामबहादुर थापा, ईश्वर पोखरेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ र गिरिराजमणि पोखरेल छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा