सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैज्ञानिक प्रयोगशालामा गरिने अधिकांश प्रयोग मुसा र यसका प्रजातिमा नै गरिन्छ । मुसामा गरिएको प्रयोगकै आधारमा उक्त प्रयोग मानिसहरूका लागि कसरी लाभदायक हुन्छ र त्यसले के हानि गर्छ भनी निर्धारण गरिन्छ ।
तर मुसा नै किन ?
– मुसा त्यस्तो स्तनधारी प्राणी हो जसको शरीरमा हुने अनेकौं क्रिया मनुष्यसँग मिल्दोजुल्दो छ ।
– मुसाहरू साना आकारका हुन्छन् अनि तिनलाई राख्न सानो ठाउँ भए हुन्छ । अनि मुसाहरू नयाँ वातावरणमा छिट्टै घुलमिल हुन्छन् ।
– मुसामा प्रजनन छिट्टो हुन्छ । यसको उमेर पनि जम्मा दुईदेखि तीन वर्ष हुन्छ । मुसाको एक पुस्ताको अध्ययन सजिलै गर्न सकिन्छ ।
– कम खर्चमा धेरै प्रयोग गर्नका लागि वैज्ञानिकहरू मुसा किन्छन् ।
– सामान्यतया प्रयोगका बेलामा मुसाहरू शान्त र स्थिर रहन्छन् र उनीहरूलाई ह्यान्डल गर्न सजिलो हुन्छ ।
– मुख्य कुरा त मुसाको मेडिकल परीक्षण उसको जेनेटिक्स, बायोलोजिकल र व्यवहारसम्बन्धी लक्षण मनुष्यसँग मिल्ने भएर हो ।
– विगत दुई दशकयता मनुष्य र मुसाबीचका यी समानता झनै बढेका छन् र वैज्ञानिकहरू ट्रान्सजेनिक मुसा बनाउन सक्ने भएका छन् ।
– मुसाको कुनै जीनलाई हटाउन वा निष्क्रिय बनाउन सकिन्छ अनि यस्ता मुसाको अध्ययन गरेर मानिसमा बन्ने क्यान्सर रसायनको प्रभावलाई बुझ्न सकिन्छ । अनि औषधिको सुरक्षित मात्रा पनि यसबाट थाहा पाइन्छ ।
– मानिसमा हुने मधुमेह, हाईपरटेन्सन, मोटोपन, पार्किन्सन्स, क्यान्सर, मुटुरोग, एड्स जस्ता रोगको निदान पत्ता लगाउनका लागि मुसामाथि प्रयोग गरिन्छ । एजेन्सी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा