सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन १० । पाकिस्तानका पुर्व प्रधानमन्त्रि नवाज शरीफलाई सर्वोच्च अदालतबाट कडा झट्का लागेको छ । पाकिस्तानी मिडियाका अनुसार, सर्वोच्च अदालतले उनलाई पाकिस्तान मुस्लिम लीग (नवाज) को प्रेसिडेंट पदबाट पनि हटाइदिएको छ ।
नवाज शरीफ लगाएत उनका परिवारमाथि भ्रष्टचारको आरोपमा मुद्धा लगाइएको छ । शरीफलाई पार्टीको अध्ययक्ष पदबाट हटाउनको लागी र उनलाई असंवैधानिक घोषित गर्नको लागी अवामी मुस्लिम (एएमएल) का प्रमुख शेख रशीद अहमदले अदालतमा मुद्धा दायर गरेका थिए ।
सर्वोच्च अदालतद्धारा पनामा पेपरमा अयोग्य ठहर गरेपश्चात नवाजलाई तेस्रो पटक प्रधानमन्त्रि पदबाट हटाइएको थियो । उनले आफनो लगाएत परिवारको सम्पति तथा आफनो लण्डनमा रहेको सम्पतिको स्रोत बताउन तथा खुलाउन नसकेका कारण उनलाई पनामा घटनामा अयोग्य ठहर गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा