सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन ९ । मालदिभ्समा बढ्दै गएको राजनितिक संकटका बिच चीनले आफनो पाँच नौसैन्य युद्धपोतलाई पुर्वी हिन्द महासागरमा पठाएको छ । उक्त जानकारी चिनको एक न्युज पोर्टल mil.news.sina.com.cn बाट दिइएको छ । चीनको अन्य ६ युद्धपोत पहिलादेखि नै उक्त स्थानमा रहदै आएको छ । रिपोर्टका अनुसार चिनको उक्त युद्धपोत मध्ये एउटा पोतमा विमान तथा हेलिकप्टर उतार्न सक्ने तथा राख्न मिल्ने सुविधा रहेको बताइएको छ ।
दक्षिण अमेरीकी सागरमा उडान स्वतन्त्रता तथा नेविगेशनको लागी अमेरीकी सेना बेला बखतमा युद्धपोत तथा वायुसेना जेट विमानलाई उक्त ठाउँमा पठाइरहने गरेको छ ।
यता चीनले भने उक्त क्षेत्रलाई आफनो भन्दै दावी गर्दे आइरहेको छ । उक्त क्षेत्रलाई चिन मात्र होइन भियतनाम, फिलिपिन्स, मलेसिया, बु्रनाई तथा ताइवानले पनि आफनो भन्दै दावी गर्दे आइरहेको छ ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामीनलाई चीन नजिकको मानिन्छ । उनले ५ फेबु्रवरीको दिन १५ दिनको लागी देशमा संकटकालको घोषणा गर्दे विपक्षि नेता तथा सर्वोच्च अदालतका न्यायधीशलाई पक्राउ गरेका थिए । देशमा जारी सकटका बीच सोमबार आपतकालीन समयावधि बढाउनको लागी विशेष सत्र बोलाइएको थियो र मंगलबार विपक्षिद्धारा मतदान बहिष्कार गरेपश्चात आपतकालीन अवधि १ महिनाको लागी थप गरीएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा