सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन ९ । फिल्म ‘बागी–२’ मा टाइगर श्राँफ पहिलो पटक आफनै प्रेमीका दिशा पाटनीसँग रोमान्स गरेको देखिने भएका छन । फिल्मको ट्रेलरभन्दा पहिला टाइगर श्राँफको फस्ट लुक रिलिज गरिएको छ । नाडियाडवाला प्रोडक्शनले आफनो ट्वीटरमा फिल्मको पोष्टर तथा फष्ट लुक सार्वजनिक गरेका हुन् ।
ट्वीट गर्दे उनले लेखेका छन् “यो हो फिल्म बागी २ को फष्टलुक, तयार हुनुहोस रानीसँग मिल्नको लागी …..” । पोष्टरमा टाइगर शर्टलेसमा छन् जसमा उनको ६ प्याक एब्सलाई धेरै राम्रोसँग देखाइएको छ भने धेरैले तारिफ समेत गरेका छन् । पोष्टरमा टाइगरले हातमा गन तथा पछाडि हेलिकप्टर पडकेको देखाइएको छ ।
टाइगरको यो लुक्सलाई देखेर जो कोहीले पनि अनुमान गर्न सक्छ कि ‘ बागी –२’ पनि सलमानको फिल्म टाइगर जिन्दा हे को जस्तै एक्शनले भरिपुर्ण हुनेछ भनेर ।
टाइगर श्राँफको यो पोष्टर हलीउड फिल्म काल अफ ड्युटि को कपी जस्तै देखिएको छ ।
फिल्मको ट्रेलर आज सार्वजनिक गरिने भएको छ । फिल्मको पुरै युनिट फिल्मको ट्रेलर रिलिजको लागी पत्रकार सम्मेलन गरी अगाडि आउने छन् ।
फिल्ममा टाइगर श्राँफ र दिशा पाटनीको मुख्य भुमिकाको साथै प्रतीक अब्बर पनि मुख्य भुमिकामा देखिदैछन् । फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् । बागी–२ मार्च ३० मा बक्सअफिसमा रिलिज हुने भएको छ । यो फिल्म २०१६ मा आएको टाइगरको बागी को फ्रेचाइज फिल्म हो ।
साथै फिल्म ‘बागी २’ रिलिज नहुदै ‘बागी –३’ बनाउने घोषणा गरीसकिएको छ । ‘बागी-३’ को लिड रोलमा पनि टाइगर श्राँफ नै देखिनेछन् ।
Here's presenting the first look of #SajidNadiadwala's #Baaghi2. Get ready to meet Ronnie! @iTIGERSHROFF @DishPatani @khan_ahmedasas @WardaNadiadwala @foxstarhindi Trailer OUT TOMORROW! pic.twitter.com/9G31Z5u3F4
— Nadiadwala Grandson (@NGEMovies) February 20, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा