सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । चीनको अरौबौ डलरको महत्वकांक्षी प्रोजेक्ट “One Belt One Road” ( ‘वन बेल्ट वन रोड’ (ओबीओर) ) लाई टक्कर दिनको लागी अमेरीका, अष्ट्रेलिया, जापान र भारत मिलेर “संयुक्त क्षेत्र पूर्वाधार योजना ” मा विचार गरीरहेका छन् ।
अष्ट्रेलिया फाइनानशियल रिब्युको एक रिपोर्टका अनुसार, चार देशको यो विकल्पका कारण ओबीओआर द्धारा आफनो प्रकट बढाउने विचारमा रहेको चीनलाई झट्का लाग्न सक्ने देखिन्छ । एक सिनियर अधिकारीका अनुसार, पछिल्लो हप्तामात्र अष्ट्रेलियाका प्रधानमन्त्रि मैल्कम टर्नबुलले अमेरीका भ्रमणका दौरान राष्ट्रपति डोनाल्ड ट्रंपसँग यस विषयमा गम्भिर छलफल भएको बताइएको छ ।
जापानका मुख्य क्याविनेट सचिब योशिहिदे सुगाले यसको बारेमा पत्रकारहरुलाई जवाफ दिदै अमेरीका, अष्ट्रेलिया, जापान र भारत आफनो साझा हितको लागी नियमित रुपमा छलफल गरीरहेका छौ । यसको मतलब यो होइन की हामी चीनको ओबीओआरलाई कुनै जवाफ दिनको लागी होइन । जापान आफनो आधिकारिक विकास सहायता –ओडिए को प्रयोग बृहतर आधारभुत ढाँचालाई बढावा दिनको लागी गरीरहेका छौ ।
तर उक्त छलफल कति उपयोगी साबित हुने हो यो भने हेर्न बाँकि नै छ । हालै मात्र चिनले पाकिस्तानसँग मिलेर अफगानिस्तानलाई पनि ओबीओआरमा जोड्नको लागी प्रयास गरेको छ ।
यता भारत भने चीनको ओबीओआरलाई आफनो सार्वभौमिकताको लागी खतरा हुने बताउदै यसको विरोध गर्दे आएको छ भने चिन भारतको विरोधलाई वास्ता नगरी छिमेकी देशहरुलाई ओबीओआरमा जोडन चाहिरहेको छ ।
भारतका राजनितिक बिशेषज्ञहरुले भने ओबीओआरको बाहानमा चीन भारतलाई चारैतर्फबाट आफनो जाल फैलान चाहेको आरोप लगाउदै आएको छ । ओबीओआर ले भारतलाई भबिष्यमा हानी पुग्ने उनीहरुको तर्क रहेको छ ।
के हो ओबीओआर प्रोजेक्ट ?
ओबीओआर चीनका राष्ट्रपति शी जीनपिङको महत्वपुर्ण प्रोजेक्ट हो । चीनले विश्वमा रहेको देशहरुलाई आर्थिक मन्दिबाट बाहिर निकाल्नको लागी, बेरोजगारी समस्या हल गर्न र अर्थब्यवस्थालाई माथि उठाउनको लागी वन बेल्ट वन रोड परियोजना पेश गरेको हो । चीनले एशिया, युरोप र अफ्रिकाका ६६ मुलुकलाई सडक मार्ग, रेलमार्ग, ग्यास पाइप लाइन र बन्दरगासँग जोड्नको लागी वन बेल्ट वन रोड अर्थात ओवीओआर अन्तर्गत सिल्क रोड इकोनोमिक बेल्ट र मेरीटाइम सिल्क रोड जस्ता वित्त संस्था मार्फत् लगानी अवसर परियोजना शुरु गरेको थियो ।
ओबिओआरले सडक, रेल, हवाई (जसलाई कनेक्टिभिटी भनिन्छ), वित्त संस्था, व्यापार तथा वाणिज्य, लगानी, पर्यटन, अर्थतन्त्र, संस्कृति तथा शिक्षा, जनस्तरको सम्बन्ध लगायतका विषय समेट्दछ ।
विभिन्न एजेन्सिहरुको सहयोगमा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा