सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ७ । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३् ३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक एक लाख रुपैयाँ थप्ने भएको छ ।
क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३ /३ लाख दिने बताए ।
यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले थप एकएक दिने घोषणा गरेका छन् ।
आउँदो शुक्रबार वालुवाटारमा विशेष कार्यक्रम गरेर रकम हस्तान्तरण गरिने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
नेपाली क्रिकेट टोलीले हालै नामिबियामा सम्पन्न आइसिसि विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो भई नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको थियो।
आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट खेल फागुन २० गतेदेखि जिम्बाबेमा हुन गईरहेको छ ।
तस्विर : चेतन अधिकारीको फेसबुकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा