सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ७ । अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा लागेको बताए ।
क्यानडामा रहेका नेपालीहरुको संस्थाका प्रतिनिधि प्रभाकर रेग्मीले क्यानडामा गैरआवासीय नेपाली संघले नेपाली भाषा, साहित्य, कलाको प्रवद्र्धनका निम्ति बालबालिकालाई नेपाली भाषा पठनपाठनको व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रमको प्रारम्भमा नेपालका राष्ट्रिय झण्डा फहराउनाका साथै राष्ट्रिय धुन बजाइएको थियो भने ज्ञातअज्ञा शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा