सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैज्ञानिकले विश्वको पहिलो मानव–भेडा हाइब्रिड तयार गरेका छन् । यो खोजले जनावरको शरीरमा मानव अंग उमारेर उक्त अंगहरुलाई मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछ ।
प्रत्यारोपणको लागी चाहिने मुटु, कलेजो, मृगौला जस्ता अंगहरु सजिलै उपलब्ध हुनेछन् । विश्वमा धेरै मानिसहरु अहिलेपनि प्रत्यारोपणको लागी यस्ता अंगहरु नपाउदा केयौले अकालमा ज्यान गुमाउनु परीरहेको छ ।
अमेरीकाको स्टनफोर्ड युनिभर्सिटिले यस प्रयोगको लागी भेडाको गर्भमा एउटा भ्रूण विकास गरे, जसमा मानव र भेडा दुबैको कोशिकाहरुको समिश्रण गरिएको थियो । बैज्ञानिकको योजना अनुसार उक्त भेडामा स्टेम सेल हालेर विशेष मानव अंग विकास गर्नेछन् । स्टेम सेल भनेको त्यो कोशिकाहरु हो जसलाई विकास गरेर अंगहरुको निर्माण गरीनेछ ।
उक्त प्रविधिबाट अंगहरु मात्र होइन मधुमेह जस्तो जटिल रोगको उपचार पनि सम्भव भएको छ किनकी यसबाट नयाँ प्यानक्रियाज बनाउन सकिनेछ, जसले ब्लडप्रेसर, शुगरलाई नियन्त्रण गर्दछ ।
स्टेनफोर्डका अनुसन्धानकर्ताहरुले यो भन्दा पहिला पनि मुसाको शरीरमा नयाँ प्यानक्रियाजको विकास गरेर मधुमेहको उपचार गरीसकेका छन् । अब पहिलो पटक भेडा र मानव कोशिकाहरुसँग यही प्रयोग दोहराइएको छ ।
जिवन बचाउने एउटा महत्वपुर्ण खोज
मुख्य अनुसन्धानकर्ता हिरो नाकौचीले बताए अनुसार, “हामीहरुले मुसाको नयाँ प्यानक्रियाज बनाएर मधुमेहको उपचार गरीसकेका छौ । आउदो पाँच बर्षदेखी दश बर्षमा यसको प्रयोग मानवमा पनि सफल हुनेछ । यी प्रविधिबाट अंग प्रत्यारोपणको लागी दोस्रो अंग पनि विकास गर्न सकिनेछ” ।
सबैभन्दा बढि अमेरीकामा हरेक बर्ष ७६ हजार र बेलायतमा ६ हजार पाँच सय अंग प्रत्यारोपण हुने गर्दछ । यी नै अंगको कमीका कारण विश्वभर हरेक दिन ३२ जना मानिसहरुले आफनो ज्यान गुमाइरहेका छन् । यो एउटा अमुल्य जिवन बचाउने एउटा महत्वपुर्ण खोज हो ।
कसरी बनाइयो हहाइब्रिड
भेडाको डिएनएमा एउटा प्वाल बनाउने साधन मार्फत केही ठाउँ बनाइयो । पछि भेडाको भ्रूण तयार गरी त्यसमा मानव स्टेम सेल पनि हालियो । यसबाट जुन भ्रूण को विकास भयो त्यसमा भेडाको साथ साथै मानव कोशिकाहरु पनि थिए । यी प्रविधिबाट भेडाको शरीरमा मानव अंग उमार्न सकिनेछ ।
फोटो; प्रतिकात्मक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा