सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन ६ । पाकिस्तानको अदालतले सात बर्षकी बालिका जैनब लाई बलत्कार र त्यसपछि हत्यामा संलग्न दोषीलाई फासीको सजाय सुनाएको छ । पाकिस्तानी आतंककारी विरोधी अदालतले शनिवार उक्त फैसला सुनाएको हो ।
उक्त बलत्कारको घटना पश्चात पुरै देशभरी विरोध प्रदर्शन हुदा हिंसा समेत भड्केको थियो । पाकिस्तानी जनताहरुले आरोपीलाई फाँसीको माग गर्दे पुरै देशभर विरोध प्रदर्शन गरेका थिए ।
पाकिस्तानी प्रहरीले बताए अनुसार बालिका घरबाट अचानक गाएब भएकी थिई र धेरै खोजतलास पश्चात चार दिनपछि बच्चाको शब फेला परेको थियो । बालीकाको शबलाई कसुर जिल्लाको डम्पिङसाइटमा रहेको फोहोरको थुप्रोमा भेटिएको थियो । उक्त घटना जनवरीमा घटेको थियो ।
प्रहरीलाई उक्त स्थानीय बासिन्दाहरुले दिएको बयान अनुसार यस किसिमको घटना यो १२ औ हो । यसपछि प्रहरीले उक्त घटनाको युद्धस्तरमा जांच बुझ शुरु गरेको थियो । उक्त बालिकाको डिएनए पनि गरीएको थियो प्रहरीले बताए अनुसार पिडित सहित ८ बालिकाको डिएनए मेल खाएकोे थियो ।
आरोपी बालिकाको छिमेकी हुन् । सीसीटीभी फुटेजको आधारमा २४ बािर्षय आरोपी इमरान अलीलाई पक्राउ गरीएको थियो ।
त्यही जिल्लामा २०१५ मा पनि एउटा बालिका यसरी नै गाएब भएकी थिइन । उक्त घटनालाई पनि आरोपको आधारमा प्रहरीले जांचबुझ शुरु गरेको थियो । जांचबुझको क्रममा पिडक छिमेकी नै भएको पाइएको थियो । घटनामा दुई जना मिलेर उक्त घटना घटाइएको थियो ।
एक रिपोर्टका अनुसार, पाकिस्तानमा एक दिनमा १० यस्ता घटनाहरु घटने गर्दछन् जसमा युवती तथा बालिकाहरुलाई यौन हिंसा तथा बलत्कारको कोशीस हुने गर्दछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा