सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिहेपछि मानिसको तौल बढ्नु स्वाभाविक हो । तौल बढ्नु खासमा राम्रो संकेत हो । धेरै मानिस बिहेपछि शारीरिक सम्बन्ध बनाइने हुनाले तौल बढ्ने ठान्छन् । तर वास्तविकता फरक छ । बिहेमा स्लिम र सुन्दर देखिने इच्छा सबै महिलाको हुन्छ । यही इच्छाका कारण बिहे नजिकिएपछि महिलाहरू तौल घटाउन थाल्छन् । तर बिहे भएपछि महिलाहरू गृहस्थी जीवनमा व्यस्त हुन्छन् अनि आफ्नो शरीरमाथि ध्यान दिन पाउँदैनन् । अचानक जीवनशैली बदलिँदा उनीहरूको तौल बढ्छ ।
हाम्रो समाजमा बिहेपछि विवाहित जोडीले नातेदारहरूको घरमा गएर खाना खाने चलन शताब्दियौंदेखि चलिरहेको छ । यही परम्पराका कारण विवाहित जोडीको खानाको बानीमा परिवर्तन आउँछ र पहिलेभन्दा बढी खान्छन् । यसले पनि बिहेपछि तौल बढाउँछ । बिहेपछि तौल बढ्नुमा जोडीहरूबीच एकअर्काप्रति प्रेम र सुखद जीवन पनि एक कारण हो । हेल्थ साइकोलोजी आर्टिकलमा सन् २०१३ मा प्रकाशित एक लेखअनुसार, एकअर्काप्रति प्रेमको भावना, सुरक्षा र खुशीको अनुभव गर्ने जोडीको तौल छिट्टो बढ्छ ।
बिहेपछि महिलाको मात्र तौल बढ्छ भन्ने छैन । जति तीव्रताका साथ महिलाको तौल बढ्छ, त्यसभन्दा बढी पुरुषको तौल बढ्छ । अध्ययनहरूले देखाएअनुसार, बिहेपछिको पाँच वर्षमा महिलाको तौल लगभग ११ किलो बढ्छ । अनि पुरुषको चाहिँ लगभग १३ किलोसम्म तौल बढ्छ । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा