भर्खरै

प्रणय दिवसको अवसरमा चलचित्र ‘लिलिबिली’ को दोस्रो गीत रिलिज !


 February 14, 2018     सेतो खबर

चलचित्र ‘लिलीबिली’को दोस्रो गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा चलचित्रको दोस्रो गीत ‘घुम्न जाऊ इन्जिन गाडी’मा बोलको गीत सार्वजनिक भएको हो । गीतमा एस डी योगीको स्वर र सङ्गीत रहेको छ भने शब्द एकतारेमा रहेको छ । कविराज गहतराजको कोरियोग्राफि रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् । सुदिप बरालको छायाङ्कन रहेको भिडियो स्कटल्याण्डमा खिचिएको हो ।

चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप र जसिता अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘लिलीबिली’ यही चैत्र ३० गतेबाट रिलिज हुदैँछ ।

भिडियो : 

ctzn
LIC



Ime Inside