सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २४ । सलमान खान आफनो अनुहारलाई क्रिसमसमा विशेष बनाउने तयारीमा लागेका छन् । आफनो आगामी फिल्म ‘किक 2’ मा सलमान खान एकपटक फेरी आफनो अनुहारलाई डेविल लुक मा देखाउदै छन् । यस फिल्मको पहिलो पोष्टर पनि सार्वजनिक भइसकेको छ ।
साजिद नाडियावालको फिल्म ‘किक 2’ सलमानको फिल्म ‘किक’ को सीक्वल फिल्म हो । फिल्म आगामी बर्ष २०१९ को क्रिशमसमा पारेर प्रदर्शन गरीेने भएको छ । यस विषयमा जानकारी ट्रेड एनालिष्ट तरण आदर्शले आफनो सामाजिक सञ्जालमा स्ट्याटस लेखेर जानकारी दिएका हुन् ।
धेरै लामो समयदेखी यस फिल्मको सीक्वलको सबैले प्रतिक्षा गरीरहेका थिए । साजिल नाडियाडवालाले फिल्मको पोष्टरको आधिकारिक घोषणा गर्दे लेखेका छन् डेविल इज ब्याक । मिडिया खबरका अनुसार यो फिल्ममा सलमान खान डबल रोलमा देखिदैछन् ।
फिल्मको शुटिङ २०१८ को जुन – जुलाई बाट शुरु हुने भएको छ । सुत्रहरुका अनुसार, फिल्मको स्क्रिप्ट ८० प्रतिशत पुरा भईसकेको छ भने फिल्ममा एउटा ईन्टरनेशनल स्टार पनि देखिनेछन् । यो पटक भने ‘किक 2’ मा ज्याकलीनलाई दीपिका पादुकोणले रिप्लेस गर्न सक्नेछिन ।
पछिल्लो खबर अनुसार ‘किक 2’ को काहानी त्यहीबाट शुरु हुदैछ जाहाँबाट ‘किक’ को काहानी सकिएको थियो ।
Here comes the BIGGG announcement… Salman Khan and Sajid Nadiadwala join hands for #Kick2… Directed by Sajid Nadiadwala… Christmas 2019 release… #DevilIsBack pic.twitter.com/J35C1AZtN7
— taran adarsh (@taran_adarsh) February 7, 2018
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा