सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बहुप्रतिक्षीत फिल्म ‘कृ’ को दोस्रो गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा अनमोल र अदिती रोमान्टिक मूडमा देखिएका छन् । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मैले जानी नजानी’ बोल गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।
हालैमात्र ३ दिन लगाएर स्कटल्याण्डमा खिचिएको गीतको लोकेशन र छायांकन पक्ष अब्बल छ । यो गीतले पनि फिल्मको व्यापारमा ठूलो सहयोग पुग्नेमा निर्माण यूनिट विश्वस्त देखिएको छ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । यो फिल्म माघ २६ गते देशभर प्रदशनमा आउँदै छ । यो फिल्म माघ २६ गते देशभर प्रदर्शन आउँदै छ ।
भिडियो :-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा