सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुगलले अहिले नयाँ एपको परिक्षण गरिरहेको छ जुन लन्च भएपश्चात कुनै पनि नागरीक स्थानीय खबरको रीपोटिङ गर्न सक्दछ र त्यसलाई प्रकाशन पनि गर्न सक्दछ । गुगलले आफनो यस एपलाई Bulletin नाम दिएको छ ।
स्थानीय खबरलाई कभरेज बढाउनको लागी यो एपलाई निर्माण गर्न लागेको गुगलले जनाएको छ । गुगलले बुलेटिन एपलाई लिएर आफनो ब्लगमा भनेको छ “यदि तपाई फोटो क्लिक गर्न तथा म्यासेज पठाउन सक्नुहुन्छ भने तपाई एउटा बुलेटिन स्टोरी आरामसँग क्रिएट गर्न सक्नु हुनेछ “।
यो एपको परिक्षण अहिले नैशविल्ले र अकलैंड गरी दुईवटा शहरमा मात्र गरिरहेको छ । यो एपको बारेमा जानकारी दिदै गुगलको प्रवक्ताले भनेका छन “यो एपको मद्यतबाट मानिसहरु कुनै पनि समयमा विश्वलाई बताउन सक्नेछ कि आफनो वरिपरि के –कस्ता घट्ना घटी रहेका छन् “।
उनीहरुले अगाडि बताए अनुसार यो एपलाई विकास गनुको मुख्य कारण स्थानीय खबरलाई महत्व दिनु हो । नैशविल्ले मा बुलेटिन फिचर लन्च गरिएको एउटा भिडियो पनि युट्युबमा अपलोड गरीएको थियो । तर यो एप नेपालमा भने कहिले लन्च हुन्छ भन्ने आधिकारीक जानकारी अहिलेसम्म आएको र्छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा