सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ११ । फेसबुकले OLX र Quikr लाई टक्कर दिनको लागी भारतमा आफनो मार्केटप्लेस फिचर लन्च गरेको छ । यो फिचर लन्च भएपछि युजर्सले आफनो फेसबुक प्लेटफर्म बाट ठिक त्यही तरिकाले पुरानो सामान खरिद तथा विक्रि गर्न सक्नेछन् ।
फेसबुकले यो सेवाको टेष्ट पछिल्लो बर्ष मुम्बईमा सबैभन्दा पहिला गरेको थियो । जसलाई अब फेसबुकले भारतमा लाइभ गर्न लागेको हो । भारत अहिले अन्तराष्ट्रिय ब्यापारमा ठुलै हिस्सा ओगटेको अवस्थामा यस्तो फिचर्सले ब्यापामा थप प्रबद्र्धन हुने देखिन्छ ।
Facebook Marketplace द्धारा युजर्सले डेक्सटप तथा मोवाइलबाट पनि लगइन गरेर आफना सामानलाई बेच्न सक्नेछन् तथा अरुको सामान किन्न पनि सकिनेछ । फेसबुकका मार्केटप्लेस फिचर अहिलेसम्म ३६ देशमा लाइभ भईसकेको छ भने हाल आएर यो भारतमा लाइभ गरिएको छ ।
डेक्सटपबाट यसलाई प्रयोग गरिने हो भने यसलाई दायाँ पटि म्यासेन्जर भन्दा मुनि देखिनेछ । यहि मोवाइलमा भने यो फिचर एप को मेनु सेक्शनमा पाउन सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा