सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एप्पल कम्पनिको आइफोनको चर्चा पुरा दुनियामा चलिरहेको छ त्यही iPhone X लाई कम्पनिले भने बन्द गर्न लागीरहेको छ । पछिल्लो जानकारी अनुसार २०१८ को जुनसम्ममा iPhone X को प्रोडक्शन कम्पनिले बन्द गर्न सक्दछ । iPhone X बन्द गनुको कारणमा यसको विक्रि तथा वितरण सोचे अनुरुप नहुनु जनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार, कम्पनिले कुनैपनि हालतमा iPhone X को मुल्यलाई घटाएर बेच्न चाहेको छैन , जबकी यो आइफोनजस्तै फिचर भएको कैयौ एन्ड्रोइड फोन बजारमा यो भन्दा पनि सस्तोमा विक्रि वितरण भइरहेको छ ।
आइफोन एक्सपर्टका अनुसार २०१८ सम्ममा यसको सिपमेन्ट कुल ६.२ करोडको हुने अनुमान गरिएको छ जबकी iPhone X को विक्रि शुरु गनु अगाडी करिब ८ करोड युनिट विक्रि गर्ने अनुमान गरिएको थियो ।
तर कम्पनिले भने आधिकारीक रुपमा अहिलेसम्म यो विषयमा कुनै जानकारी दिएको छैन । यो फोन लन्च भएदेखी नै कैयो गुनासोहरु आएका थिए ।
यो फोनको नेपालमा शुरुवाती मुल्य करिब १ लाख ३८ हजारमाथि रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा