सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइलफोटो
काठमाण्डौ, माघ ९ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागी उम्मेदवारको टुंगो लगाएको छ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित बरिष्ठ नेताहरुल राष्ट्रियसभा सदस्यको लागि उमेदवार टुङ्गो लगाएका हुन् । केन्द्रले ३ जना महिला सहित समावेशी आधारमा १४ जनाको नाम टुंगो लगाएको हो ।
राष्ट्रिय सभाको ५७ मध्ये ४३ सिटमा वाम गठबन्धनले उम्मेद्वारी दिने जनाएको छ। जसमध्ये एमालेको भागमा २९ र माओवादी केन्द्रको भागमा १४ सिट परेको छ। माओवादी केन्द्रले अब १ जना उम्मेद्वारको टुङ्गो लगाउन बाँकी छ।
माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा उम्मेदवारहरु
प्रदेश नं. १
बीना पोखरेल (महिला)
प्रदेश नं. २
शशिकला दाहाल (महिला)
प्रदेश नं. ३
रामबहादुर थापा ‘बादल’ (खुला)
गंगा पराजुली (महिला)
प्रदेश नं. ४
दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बि.क. (दलित)
प्रदेश नं. ५
राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६
जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुला)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा