सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ९। संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनको शुरुवाती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ । प्रदेशसभामा कर्मचारीको व्यवस्थापन नभइसकेको अवस्थामा संसदीय अभ्यास र अनुभवका आधारमा संघीय संसद् सचिवालयले सात वटा प्रदेशसभाका लागि एक सहसचिवसहित चारजनाका दरले कूल २८ कर्मचारी पठाउने निर्णय भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । ती कर्मचारी आउँदो आइतबारदेखि खटिएका प्रदेशमा जानेछन् ।
मुख्य सचिव लोकदर्शन रेग्मी र महासचिव भट्टराईबीच भएको छलफलपछि सचिवालयले हाललाई ती कर्मचारी पठाए पनि प्रदेशसभामा पछि आफ्नै स्थायी सचिवालय बन्नेछ । खटिएकामध्ये सहसचिव १५ दिन र अन्य कर्मचारी एक महिनाका लागि काजमा खटाइएको सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए । प्रदेशसभामा नियमित कर्मचारी व्यवस्थापनका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।
संघीय संसद् सचिवालयले तालीम, प्रशिक्षण र विशेषज्ञ सेवा दिन सक्ने भए पनि स्थायी रुपमा कर्मचारी पठाउन नसकिने जनाएको छ । गत मंसिर १० र २१ मा भएको निर्वाचनपछि प्रदेशसभाका सदस्यले यही माघ ७ गते शपथ लिइसकेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा