सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । स्कटल्याण्डको एडिनबर्गमा रहेको एक स्टोरमा तैनाथ रोबोटलाई ग्राहकहरुलाई सही सुचना नदिएको आरोपमा जागीरबाट निकालि दिएका छन् ।
फैयिबो नामको रोबोटलाई हेरिअट–वाट युनिभर्सिटिले बनाएको थियो र यसलाई एडिनबर्गको मार्गिओटा स्थित स्टोरमा ग्राहकहरुको मद्दतको लागी राखिएको थियो ।
सर्बप्रथम यसलाई ढोकामा ग्राहकहरुको स्वागतको लागी राखिएको थियो र यसले ग्राहकहरुलाई अभिवादन तथा अंकमाल गरेर स्वागत गरथ्यो । यही कारण रोबोटले सबै ग्राहकहरुको मन पनि जितेको थियो ।
एक हप्ता पश्चात उक्त रोबोटलाई ग्राहकहरुको सेवाको लागी स्टोरमा राखेर सामानहरु रहेको स्थान बताउने जिम्मेवारी दिइयो तर प्रोग्राममा गडबडि हुदा यसले ग्राहकहरुलाई गलत सुचना दिन थाल्यो । गलत सुचना दिइएको आधारमा रोबोटलाई रोजगारीबाट निकालिएको स्टोर मालिकले बताएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा