सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ श्याम लामा गुम्बे पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले लामालाई रुपन्देहीबाट पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।
गुन्डा नाइके समिरमानसिंह बस्नेतको योजनामा पूर्व सैनिक गुम्वेले गोली चलाएको बयान सिंहले प्रहरीमा दिएको एसपी ज्ञवालीले बताए ।
गएको असोज २३ गते काठमाडौंको बानेश्वरस्थित खरीबोटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरिएको थियो । यसअघि प्रहरीले हत्यामा सलंग्न भएको अभियोगमा केहीलाई पक्राउ गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा