सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ९ । बर्षको शुरुवातसँगै अवार्डको सिजनको शुरुवात पनि भएको छ । ६३ औ फिल्मफेयर अवार्डमा इरफान खान र राजकुमार रावलाई सर्बोत्कृष्ट अभिनेताको
अवार्डबाट सम्मानित गरिएको थियो । उक्त अवार्डको लिष्टबाट सलमानको नाम भने गायब भएको छ ।
२०१७ मा सलमान खानको ‘टाइगर जिन्दा है’ रिलिज भयो जसलाई दर्शकहरुले अतिनै रुचाए भने फिल्मले बलिउडमा कैयो रेकर्डहरु पनि बनाउन सफल भयो । तर यसका बाबजुद पनि सलमानलाई कुनै पनि अवार्ड दिइएन । यही कारण सलमान खानका शुभचिन्तकहरुले फिल्म फेयर अवार्डको खुलेर बिरोध पनि गरे । यसका बाबजुद पनि सलमान खानलाई विदेशी देशहरुमा धेरै अवार्डहरुबाट सम्मान गरीयो । .
ईरानमा आयोजना हुन गईरहेको ‘इन्टरनेशनल स्पोर्टस फिल्म फेस्टिवल’ मा सलमान खानको फिल्म सुल्तान को क्रेज ठुलै देखियो । फिल्म ‘सुल्तान’ ले मात्र ३ वटा अवार्ड आफनो कब्जामा पार्न सफल भयो । सुल्तानबाट सलमान खानलाई बेष्ट एक्टरको अवार्डबाट सम्मानित गरीयो भने सोही फिल्मबाट अनुष्का शर्मालाई बेष्ट एक्ट्रेसको अवार्ड र अलि अब्बास जफरलाई उत्कृष्ट निर्देशक को अवार्डबाट सम्मानित गरीयो ।
२०१६ मा रिलिज भएको ‘सुल्तान’ लाई निर्देशक अली अब्बास जफरले निर्देशन गरेका हुन । यो फिल्मले उनलाई बक्सअफिसको राजा बनाइदिएको छ । फिल्ममा सलमान खानलाई एक रेसलरको भुमिकामा देखा परेका थिए भने अनुष्का शर्मा पनि रेसलरका साथै प्रेमिका भुमिका निर्वाह गरेकी थिइन ।
अहिले सलमान खान आफनो आउन लागेको फिल्म रेस ३ को शुटिङमा ब्यस्त रहेका छन् । यो फिल्ममा सलमान नेगेटिभ रोलमा देखा पर्देछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा