सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ८ । एल.आई.सी. नेपालले अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । चितवनको सौरहामा आयोजीत देशभरबाट उत्कृष्ट कार्य गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई “अभिकर्ता सम्मेलन” कार्यक्रममार्फत सम्मानित गरेको हो । कार्यक्रममा कम्पनीको का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले १६० जना उत्कृष्ट अभिकर्ताहरुलाई MDRT & BEEMA RATNA शिल्ड तथा प्रमाण पत्रहरुबाट सम्मान गरेका हुन ।
सम्मेलनमा घोषले एल.आई.सी.को जीवन बीमा योजनाहरु र ग्राहकमुखी सेवालाई नेपाली समाजले रुचाएकोले चालु आ.ब. मा पनि न्यूबिजनेशमा राम्रो बृद्धिदर हासिल गर्ने दावी गनुभयो । साथै घोषले अभिकर्ताहरुलाई जनमानसमा जीवन बीमाको सचेतना अझ अभिवृद्धि गर्न तथा विश्वासिलो सेवा दिन निर्देशन समेत दिनुभयो ।
सन् २००१ बाट नेपालमा शुरु भएको एल.आई.सी., नेपाल र भारत लगायत विश्वका २२ वटा मुलुकमा फैलिएको छ । नक्सालको भगवती वहालमा कर्पोरेट अफिस रहेको एल.आई.सी.नेपालको काठमाण्डौ लगाएत देशैभर गरी ४३ बटा शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा दिदै आएको छ ।
चुक्तापुजी १ अर्ब ३३ करोड रहेको एल.आई.सी. ले बिमा समितिको निर्देशन बमोजीम २ अर्ब चुक्ता पुजी २०७५ असार मसान्तसम्ममा पुर्याउने लक्ष्य लिएको छ ।
एलआईसी नेपालले ग्राहकहरुको ईच्छा बमोजीम विभिन्न किसिमका जीवन बिमा योजनाहरु ल्याएको छ भने निकत भविष्यमा अझ ग्राहकमुखी विमा योजनाहरु ल्याउने कम्पनि जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा