सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ब्राजीलका शानदार फुटबलर रोनाल्डिन्होले आफनो फुटबल करियरबाट सन्यास लिएका छन् । उनको यो निर्णयले उनका शुभ चिन्तकहरुमा ठुलो झट्का लागेको छ ।
२१ मर्च १९८० मा ब्राजीलको पोर्टो एलेज्रेमा जन्मिएका यी ३८ बर्षे खेलाडीले आफनो फुटबलको करियरको शुरुवात ब्राजीलबाटै गरेका थिए । यसपछि उनी पेरिस सेट–जर्मन, बार्सिलोना र एसि मिलानजस्ता कैयौ विश्वको ठुला ठुला उत्कृष्ट युरोपियन क्लबबाट खेलेर फुटबल जगतमा आफनो पहिचान बनाउन सफल भएका छन् ।
रोनाल्डिन्हो ले १९९८ बाट आफनो फुटबल करियर शुरुबाट मात्र २० बर्षको उमेरबाटै गरेका थिए । दुई पटक फिफा वल्र्ड प्लेयर अफ द इयरबाट समेत सम्मानित भएका यि महंगा खेलाडीको २००५ मा Ballon d’Or बाट पनि सम्मानित गरिसकेको छ । फुटबल जगतको खेलको कुरा गर्ने हो भने उनको ड्रिबलिंग तथा गोल पोष्टमा सिधा प्रहार दुनियाको कुनै खेलाडीसँग छैन । यतिमात्र होइन गोलपोष्टमा खडा भएका विश्वको कुनैपनि गोलरक्षकको लागी रोनाल्डिन्हो को फ्रि किक सामना गनु सहज थिएन ।
२००२ को वल्र्ड कपमा ब्राजीलको लागी उनले गरेको सानदार फ्रि किकको गोल आजसम्म पनि सबै सामु ताजा रहेको छ ।
ब्राजीलको लागी ९७ खेल खेलेका उनले ३३ उत्कृष्ट गोल गरेका छन् । यसमध्ये दुई गोल उनले २००२ को वल्र्डकपमा गरेका थिए ।
आज रोनाल्डिन्हो फुटबलको दुनियाबाट सन्यास लिने घोषणा गरीसकेका छन्, तर फुटबल मैदानमा उनको उत्कृष्ट प्रदर्शन तथा उनको याद सधै शुभचिन्तकको मनमा बाँचिरहनेछ ।
यस्तो छ रोनाल्डिन्हो दश गोल भिडियोमा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा