सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ८। नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ । सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको ‘सि-ओे-डब्लु काउ…’ बोलको गीतमा राजनराज सिवाकोटीको रचना, संगीत र स्वर रहेको छ । गायनमा राजनराजलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । भिडियोमा नायिका केकी अधिकारी र रीमा विश्वकर्मासँगै कलाकार विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् ।
केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको ‘कोहलपुर एक्सप्रेस’मा अभिनय रहेको छ । फिल्मलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् । यो फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा