सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रमूख कार्यकारी अधिकृत क्रिस्टालिना जिओर्भिइभाले भेट गर्नुभएको छ । क्रिस्टालिनाले बाम गठबन्धनको सरकारले नेपालमा सुशासन र समृद्धिको प्रत्याभूत गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेपालको विकासका लागि विश्व बैंक सहयोग र सहकार्य गर्न तत्पर रहेको जानकारी दिनुभएको थियो ।
जवाफमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम गर्न, विकास एवं समृद्धिलाई गति दिन र सुशासन कायम गर्न बाम गठबन्धन गरिएको जानकारी दिँदै त्यसले लगानीको वातावरण थप अनुकूल हुने जानकारी दिनुभएको थियो ।
अध्यक्ष प्रचण्डले ठूला जलविद्युत आयोजना, पर्यटन, कृषि र कृषिजन्य उद्योगको विकासमा आफूहरुको मूख्य ध्यान भएको बताउँदै त्यसका लागि विश्व बैंकको सहयोग जारी नै रहने विश्वास व्यक्त गर्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा