सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ , माघ ८ । राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका लागि नेकपा एमाले स्थायी समिति बैठक आज बस्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो ३ बजे बस्ने बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोट गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमा २९ सिट एमालेलाई र १४ सिट माओवादी केन्द्रलाई दिनेगरी उनीहरूबीच सहमति बनिसकेको छ।
बाँकी सिटमा भने भागबन्डा बाँकी नै छ। प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको मत भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक जना दलित तथा एक जना अपांगता भएका वा अल्पसंख्यकसहित ८ जना गरी ५६ जना सांसद चुनिने संविधानको धारा ८६ मा व्यवस्था छ। ५९ सदस्यीय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा एक महिलासहित तीनजना मनोनित हुने व्यवस्था छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा