सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटहरी, माघ ८ । धरान पुनःस्थापना गृहको जीर्ण बासस्थान टहरामा दुःखपूर्वक बसोबास गर्दै आएका २८ जना अशक्त, असहाय वृद्ध र बालबालिकाको दयनीय अवस्थालाई देखेर धरानकी मोडल तथा रेडियोकर्मी मेरिना तुम्साले घर निर्माणका लागि सहयोग गरेका छन् । उनले हालै पुनःस्थापना गृहमा पुगेर आफूले आर्जन गरेको ५० हजार बराबरको सामग्री गृह सञ्चालन गर्दै आएका समाजसेवीलाई प्रदान गरे ।
एक महिनाअघि काठमाडौंमा सम्पन्न मिस नेस्नल आइकन प्रतियोगितामा फस्ट रनर अप उपाधिसँगै प्राप्त नगद ५० हजार पुरस्कार मेरिनाले पुनःस्थापना गृहको जीर्णोद्धारका लागि प्रदान गरेका हुन् । धरान उपमहानगरपालिका–१ छाताचोकस्थित पुनःस्थापना गृहको जीर्ण टहरामा डेढ दशकदेखि पूर्वका विभिन्न जिल्लाबाट शरण खोज्दै आएका असहाय अशक्त बस्दै आएका छन् ।
उनीहरुका लागि स्थायी रुपमा बस्न घर नभएकाले नवोदित गायक पर्वत पोर्तेलले ‘युवा हो केही त गरौँ’ नारा लिएर अभियान शुरु गरेपछि मोडल तुम्साले पहिलो पल्ट आर्थिक सहयोग गरेका हुन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा