सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, माघ ८ । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सरकारी कर्मचारी बढी घुस्याहा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचीमा राखिएको छ ।
अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन्। काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ। उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो।
आयोगको तथ्याकं अनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकेको छ । (जनता पोष्ट दैनिक)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा